Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

संसद विघटनविरुद्ध वक्तव्य निकालेका पूर्व प्रधानन्यायाधीश बिरुद्द मुद्दा दायर हुँदै 

संसद विघटनविरुद्ध वक्तव्य निकालेका पूर्व प्रधानन्यायाधीश बिरुद्द मुद्दा दायर हुँदै 


  • 7.6K
    Shares

    संसद विघटनविरुद्ध वक्तव्य निकालेका पूर्व प्रधानन्यायाधीश बिरुद्द मुद्दा दायर हुँदै 

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ चलिरहेका बेला सर्वोच्च अदालतमा अवहेलना मुद्दाको लागि निवेदन थपिने क्रम बढ्दो छ । सर्वोच्च प्रशासनले अहिलेसम्म कुनै निवेदन दर्ता भने गरेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेको भनाइले अदालतको अवहेलना भएको भन्दै आइतबार अवहेलनाको निवेदन पेश भएको थियो । तर सो निवेदन दर्ता नहुँदै सोमबार थप तीनवटा निवेदन गएका छन् ।

    पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनवहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने गरी वक्तव्य निकालेर न्यायलयमाथि अवहेलना गरेको भन्दै अवहेलना मुद्दा चलाउन निवेदन परेको सर्वोच्च स्रोतले जनाएको छ ।

    त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाले पनि अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै निवेदन परेको बताइएको छ । कुनै पनि निवेदन दर्ता भएका छैनन् । यी विषय संवैधानिक इजलासमा वकिलहरुले उठाउँदा पनि प्रधानन्यायाधीशले बाहिरका कुरामा प्रवेश नगर्न आग्रह गर्दै आएका छन् ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १६:५४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij