Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपत्यकामा १५४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा १५४ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.6K
    Shares

    उपत्यकामा  १५४ जनामा  कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    ५९ महिला र ९५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा उपत्यकाकासहित थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

    ४ हजार ८५८ स्वाब परीक्षण गर्दा १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ४८ हजार ११३ जनाको आरटी पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । 

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ । यस्तै १३२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २४० जना आइसोलेसनमा छन्।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १६:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij