२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ११ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij