२०८२ भाद्र १ गते आइतवार
डिशहोमले आफ्नो ग्राहकहरुको लागी थप नया सुविधाहरु उपलब्ध गराएको छ । डिशहोमले प्रदान गर्ने विभिन्न सेवाहरु, फइवरनेट, डिटिएच र फइवरनेट+डिटिएच कम्वोमा अब अनलाइनबाट नै रिचार्ज गर्न सकिने सुविधा ल्याएको हो ।
अब आइएमइ पे, इसेवा खल्ति र प्रभु पे मार्फत माथि उक्त सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ।
रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने हुन्छ । जस्तै, डिशहोम डिटिएच मात्र प्रयोग गरेको छ भने, TV segment मा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै डिशहोम फइवरनेट मात्र चलाएको छ भने, Internet segment मा गएर डिशहोम फइवरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ ।
र त्यस्तै फइवरनेटंडिटिए कम्वो, प्याकेज लिएको छ भने यसको लागि पनि TV segment मा गएर डिशहोम कम्वो प्याकेजमा क्लिक गरेर आफ्नो कम्वो प्याकेज रिचार्ज गर्न सकिन्छ ।
यदी Online Recharge को क्रममा केही समस्या आएमा गा्रहक केन्द्र ९८०१५४४०००मा संपर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij