Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भदौरे भेललेझैँ सबै लफडा अदालत पुर्याएर दुई तिहाईको सरकारले राज्य प्रणाली यसरी बनायो लथालिङ्ग

भदौरे भेललेझैँ सबै लफडा अदालत पुर्याएर दुई तिहाईको सरकारले राज्य प्रणाली यसरी बनायो लथालिङ्ग


  • 6.9K
    Shares

    भदौरे भेललेझैँ सबै लफडा अदालत पुर्याएर दुई तिहाईको सरकारले राज्य प्रणाली यसरी बनायो लथालिङ्ग

    काठमाडौं । केही वर्षअघि गाँठो परेको राजनीति फुकाउने नाममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाउन सबै राजनीतिक दलका नेता तयार भएका थिए । उनै रेग्मीको नेतृत्वले दोस्रो संविधानसभाको निर्वाचन गरायो । त्यसपछि बल्ल बल्ल संविधान जारी भयो । संविधान जारी पश्चातको आमनिर्वाचनबाट तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछिको तीन वर्षमा पुनः मुलुकको राजनीतिसँगै समग्र क्षेत्र अस्तव्यस्त बन्न पुग्यो ।

    उक्त अस्तव्यस्त राजनीतिको खाडल प्रतिनिधिसभा विघटनपछि सेती नदीझैँ थप गहिरिएर गएको छ । भएभरका विषय एकपछि अर्को गरी सर्वोच्च अदालतमा थुप्रिएका छन् ।

    प्रधानमन्त्रीले असंवैधानिक तवरले गर्नुभएको प्रतिनिधिसभा विघटनको नाङ्गो सिफारिशलाई शीतल निवासले संविधानको धारा र उपधारा गाँसेर जलप लगाइदिएपछि त्यसविरुद्धको १३ वटा रिट निवेदन यतिखेर संवैधानिक इजलासमा विचाराधीन छ ।

    प्रधानमन्त्रीले पटक पटक गलत ढङ्ग र नियतका साथ जारी गर्नुभएको अध्यादेशबिरुद्धको मुद्दाले सँधै चर्चा पाउने गरेको छ । गुठी विधेयक र संवैधानिक परिषद् विधेयकको पटक पटकको रन्को त्यसैको उदाहरण हो । तिनै विवादास्पद विधेयक र तिनमा टेकेर गरिएका निर्णय फिर्ता गराउन पनि सर्वसाधारणले अदालतको सहारा लिनुपरेको यथार्थ हाम्रासामु ताजै छ । तीन दिनअघि अदालत, वरिष्ठ एवम् बयोवृद्ध कानुन व्यवसायी र इजलासकै हुर्मत् लिनेगरी प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको धारणाले मानहानी भएको निवेदन आइतबार दर्ता भएको छ ।

    स्वयम् राष्ट्रपति,राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको कारणबाट भएको संसद विघटनपश्चात् महत्वपूर्ण राजनीतिक तथा संवैधानिक निर्णय गर्ने जिम्मेवारी फेरि एक पटक सर्वोच्च अदालतका श्रीमानहरुको काँधमा आएको छ । यसबीच निर्वाचन आयोगले सत्तारुढ नेकपाभित्रको अन्तरबिरोधले जन्माएको विभाजनको आधिकारिकतालाई दूधको दूध र पानीको पानीको सिद्धान्तमा टेकेर निर्णय नगरी सर्वोच्चतिरै टाँसो लगाउने प्रक्रिया अघि बढाएको बुझिन आएको छ ।

    निजामती कर्मचारीमध्ये सबैभन्दा कनिष्ठ तहका कार्यालय सहयोगीको नियुक्ति,सरुवा र बढुवादेखि सचिवसम्मले अदालत धाइरहेका छन् । यसअघि पनि आईजीपी नियुक्तिको विषयमा विवाद भएपछि सर्वोच्चले नै छिनोफानो गरेको हो । प्रधान सेनापति रुक्मांगत कटुवालको उमेर विवाददेखि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा सांसद हुन पाउने वा नपाउने भन्ने विषयको निक्र्यौलसमेत श्रीमानहरुले नै गरिदिएका हुन् ।

    यसरी सबै जिम्मेवारी र दायित्व अदालतलाई नै सुम्पिने हो भने सरकार सञ्चालनको जिम्मेवारी र दायित्व लिनेहरुको काम के रु भन्ने यक्ष प्रश्न सबैको सामुन्ने तेर्सिएको छ । हुँदाखाँदाको राजनीतिक स्थिरतालाई बिगारेर बस्न थालेको सिष्टमलाई झण्डै दुई तिहाई बहुमतको सरकारले नै ध्वस्त बनाएपछि सर्वत्र भद्रगोलको अवस्था सिर्जना भएको हो । त्यसपछि साउनको भेलझैँ सोहोरिएर सबैतिरको राजनीतिक र प्रशासनिक फोहोरको थुप्रो अहिले अदालतमा थुप्रिएको छ ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १५:४०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij