Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

१० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

१० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक


  • 3.3K
    Shares

    १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालू आर्थिक वर्षको दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ । 

    ट्रेजरी बिलको बिक्री भने भोलि मंगलबार (साउन १७ गते) हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।

    यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको थियो । यसपटक पनि सोही ब्याजदरमा ट्रेजरी बिलको माग हुने देखिएको छ ।

    यता राष्ट्र बैंकले नै १४ प्रतिशतले ऋण उठाउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकिङ ब्याजदर वृद्धि गर्ने दबाब परेको छ । हाल निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर अफर गरिरहेका छन् । यद्यपि, भदौ महिनादेखि यो ब्याजदर थप बढ्ने देखिएको छ ।

    प्रकाशित मिति :श्रावण १६ २०७९ सोमवार - १०:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij