Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

आमाको नाममा लाख बत्ति बाल्दै कम्युनिस्ट प्रधानमन्त्री ओलीले यसकारण गरे पशुपतिमा क्षमापूजा

आमाको नाममा लाख बत्ति बाल्दै कम्युनिस्ट प्रधानमन्त्री ओलीले यसकारण गरे पशुपतिमा क्षमापूजा


  • 10.6K
    Shares

    आमाको नाममा लाख बत्ति बाल्दै कम्युनिस्ट प्रधानमन्त्री ओलीले यसकारण गरे पशुपतिमा क्षमापूजा

    काठमाडौं । प्रधानमन्त्री केपी ओली पछिल्लो राजनीतिक सङ्कट टार्न पशुपतिनाथ पुग्नुभएको छ । केही दिनअघि बालुवाटारमा शून्य समयको समय गुजारा गर्न चलेको गफमा पशुपतिनाथ र दोलखा भीमसेनको पूजा गर्नुपर्ने सुझाव सन्त महन्थहरुबाट आएको चर्चा चलेको थियो ।

    प्रधानमन्त्रीको सचिवालयसङ्ग समन्वय गरेर पशुपति क्षेत्र विकास कोषले सङ्कटा शान्ति,विशेष पूजा,क्षमा प्रार्थना र ग्रह शान्ति गरेको हो । अहिले दिउँसो दाङको लालमटियामा हुने जनसभालाई सम्बोधन गर्न जानुअघि कम्युनिस्ट प्रधानमन्त्रीले पशुपतिमा विशेष पूजा गरेका हुन् ।

    पौषको शुक्लपक्ष र माघको सोमबार महादेवको पूजाका लागि विशेष नै मानिन्छ । राजनीतिक संकट चुलिदै गर्दा ओलीको यो विशेष पूजालाई विशेष रुपमा हेरिएको छ । ओलीलाई संकट पर्दा संकटा शान्ति,ग्रहशान्ति पहिले पिता मोहनकुमार ओलीले गर्ने गरेका थिए  । आज पनि बुबाले भने पछि प्रधानमन्त्री ओली पशुपति पुगेका हुन्। ओलीले दिवंगत आफ्नी आमाका नाममा लाख बत्ति समेत बालेका हुन्।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १५:३६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij