Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएको फुल डबल मुद्दती योजना सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएको फुल डबल मुद्दती योजना सार्वजनिक


  • 3.3K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएको फुल डबल मुद्दती योजना सार्वजनिक
    images

    राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । 

    यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

    प्रकाशित मिति :श्रावण १५ २०७९ आइतवार - १४:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij