Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक


  • 3.4K
    Shares

    • images
    पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

    पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ ।

    जसमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या: र केवल बिनाबीको कृति यादहरूको सङ्ग्राहलय छनोटमा परेका छन् ।

    खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट निर्धारित मापदण्डबमोजिम मूल्यांकन गरी समितिले सिफारिस गरेको १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरेको थियो ।

    उक्त सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूचीको प्रयोजनको लागि पाँच वटा कृतिहरूको नामावली उपलब्ध गराएको हो । तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरी प्रकाशित कृतिहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :श्रावण १५ २०७९ आइतवार - १०:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij