Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ रिलिज

खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ रिलिज


  • 2.9K
    Shares

    खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ रिलिज
    images

    अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ।

    फिल्म आजबाट प्रर्दशनमा आएसंगै ‘पानी फोटो’ मार्फत खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशनमा डेब्यु गरेका छन् ।  फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्।

    फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । 

    फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ ।  फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन्। 

    कथामा एक वृद्ध दम्पतीले आफ्नो एक मात्र छोराको अन्तिम संस्कार गर्न अस्वीकार गर्छन् र उनीसँगै बेपत्ता भएका मिल्ने साथी जो १५ वर्षपछि घर फर्कीन्छन, उनीसँगै छोरालाई खोज्न हिंड्छन् । यो फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको मानवीय आयामलाई चित्रण गरेको छ । मल्टीप्लेक्सहरुमा ठीकठाक शो पाएको फिल्मले सिंगल थिएटर भने पर्याप्त पाएको  छ ।

    प्रकाशित मिति :श्रावण १३ २०७९ शुक्रवार - १४:२५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij