२०८२ भाद्र २५ गते बुधवार
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मङ्गलबार सार्वजनिक गर्दे गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजनाका लागि करिब ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दे सो जानकारी गराएका हुन् ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीका अनुसार गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्वीस फ्र्यांक ७.४७ मिलियन करिब ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनुभयो । सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij