Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

देउडा गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन

देउडा गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन


  • 2.6K
    Shares

    देउडा गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन
    images

    सुदूरपश्चिमको विशिष्ट मौलिक भाका देउडाका अग्रज गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन भएको छ ।

    मस्तिष्कघातका कारण बुधवार उपचारका क्रममा उनको निधन भएको हो । उनको केही समयदेखि अस्पतालमा उपचार भइरहेको थियो । 

    बझाङ निवासी कडायत लामो समयदेखि देउडा सिर्जना एवं गायनमा सक्रिय थिए । उनको निधनमा देउडा क्षेत्रका कलाकारले दुःख व्यक्त गरेका छन् ।

    चर्चित संगीत संयोजक विनोद बाजुराली कडायतको निधनमा आफूहरूले देउडा गीत संगीतको एउटा सुपरस्टार गुमाएको बताए । पछिल्लो पुस्ताका चर्चित देउडा गायक चक्र बमले गायक एवं सर्जक कडायतको निधनमा दुःख व्यक्त गर्दै लेखेका छन्, ‘देउडा क्षेत्रको एउटा तारा अस्तायो ! उहाँका सिर्जना कहिले अस्ताउने छैनन् । भावपूर्ण श्रद्धाञ्जलि !’

    पछिल्लो पुस्ताकी चर्चित देउडा गायिका रेखा जोशी लगायतले पनि देउडा क्षेत्रको एक हस्ती गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - १३:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij