२०८२ भाद्र १ गते आइतवार
डिश मिडिया नेटवर्कले आईपी टिभी सेवा ल्याएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले ‘डिशहोम आई टिभी’को नाममा आईपी टिभी सेवा ल्याएको जानकारी दिएको हो ।
डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो आईपी टिभीमा शर्ट्स टिभ, रमाइलो टिभी, गुञ्जन, सिने हट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता डिशहोमका एक्स्क्लुसिभ च्यानलहरु लगायत २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सकिन्छ ।
साथै पाँच हजारभन्दा बढी विभिन्न कन्टेन्टहरु, भिडिओ अन डिमान्ड, क्याच-अप टिभी/स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएकाे छ ।
नेपालको एक मात्र डीटीएच सेवा प्रदायक रहेको यो कम्पनी विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा क्रियाशील छ ।
०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम ब्रान्डमा कम्पनीले विभिन्न सेवालाई सञ्चालन गरिरहेकाे छ ।
आईपी टिभी सेवाका लागि के के चाहिन्छ ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij