२०८२ भाद्र २५ गते बुधवार
सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने तयारी गर्दे मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयस्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पुरानै नाम शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव गर्ने भएको हो ।
‘पहिलेको नाम संसारभार नै चिनिएको र काम अहिले पनि उही भएकाले पुरानै नाम राख्न सुझाव आएको हो,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘पहिले क्याबिनेटले नाम परिवर्तन गरेको हो । आवश्यक पर्यो भने अहिले पनि क्याबिनेटले परिवर्तन गर्छ ।’
यसअघि २०७५ सालमा तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij