२०८२ भाद्र १ गते आइतवार
एप्पलका सेवा प्रयाेग गर्न स्वभावैले एप्पल आईडी चाहिन्छ । एप्पल स्टोर, आईक्लाउड, आईमेसेज, फेसटाइम र एप्पल म्युजिकजस्ता सेवामा पहुँच पाउन एप्पल आईडी आवश्यक पर्छ ।
कुनै नयाँ एप्पल डिभाइस सेटअप गर्नु पर्यो भने पनि एप्पल आईडी आवश्यक पर्ने गर्छ । यदि तपाईंले प्रयोग गरिरहेको एप्पल आईडीको पासवर्ड कसैलाई जानकारी भएको थाहा पाउनुभयो भने तुरुन्तै परिवर्तन गर्नुपर्ने हुन्छ ।
यसाे गर्दा तपाईंले आफ्नो डिभाइसमा भएका महत्त्वपूर्ण डेटा सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले नयाँ पासवर्ड राख्नुपर्यो भने सबैभन्दा पहिले आठ ओटा क्यारेक्टरको पासवर्ड सोच्नुहोस् ।
जसमा एउटा अपरकेस लेटर (क्यापिटल लेटर), एउटा संकेत (@,%,& जस्ता संकेत), कम्तिमा एउटा अंक, र लोअरकेस लेटर (स्मल लेटर) को संयोजन बनाई पासवर्ड सोच्न सक्नुहुन्छ । तर, याद गर्नुहोस् तपाईंले पहिले प्रयोग गरेको पासवर्ड पुनः प्रयोग गर्न पाउनुहुन्न ।
एप्पल आईडीको पासवर्ड परिवर्तन गर्ने तरिका यहाँ उल्लेख गरिएको छ । याद गर्नुहोस्, त्यसका लागि तपाईंले पछिल्लो समय प्रयोग गरिएको पासवर्ड सम्झेको हुनुपर्छ ।
आईओएसमा पासवर्ड परिवर्तन गर्ने तरिका
म्याकमा यसरी परिवर्तन गर्नुहोस् एप्पल आईडीको पासवर्ड
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij