Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रधानमन्त्री ओलीलाई गोर्खे लौरी लगाउन माग गर्दै सर्बोच्चमा दायर भयो अर्को महत्वपूर्ण मुद्दा 

प्रधानमन्त्री ओलीलाई गोर्खे लौरी लगाउन माग गर्दै सर्बोच्चमा दायर भयो अर्को महत्वपूर्ण मुद्दा 


  • 12.0K
    Shares

    प्रधानमन्त्री ओलीलाई गोर्खे लौरी लगाउन माग गर्दै सर्बोच्चमा दायर भयो अर्को महत्वपूर्ण मुद्दा 

    काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रधानमन्त्री केपी ओलीले पटकपटक टिप्पणी गरेपछि उनीमाथि अवहेलनाको निवेदन दर्ता भएको छ ।

    सर्वोच्च अदालतमा ओलीविरुद्ध अधिवक्ता कुमार शर्माले कारवाहीको माग गर्दै निवेदन पेश गरेका हुन् । ओलीमाथि विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी पटकपटक अभिव्यक्ति दिएको, बहस गर्ने वकिलहरुलाई जभाभावी बोलेको आरोप लगाइएको छ ।

    इजलासमा बहस गर्न पुगेका वकिलहरुलाई ओलीले तमाशा गर्न पुगेको जस्तो तुच्छ टिप्पणी गरेका थिए । केही दिन अघि ओलीले अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल अदालतमा बहसको नाममा तमासा गर्न गएको भन्दै भद्दा मजाक गरेका थिए ।

    यसैबीच, बारका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्तरुपमा विज्ञप्ति निकालेर कानून व्यवसायीमाथि प्रधानमन्त्रीले निर्लज्ज व्यवहार देखाएको आरोप लगाएका छन् ।

    ओलीले ‘एकजना बाजे वकिलहरुलाई पनि लिएर गएछन् बहस गर्न, यो के तमासा गरेको हो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    ओलीको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उनीहरुले क्षमायाचना गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १७:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij