Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री देउवा भेटेको भेटै शिक्षामन्त्री पौडेल

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री देउवा भेटेको भेटै शिक्षामन्त्री पौडेल


  • 2.7K
    Shares

    संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री देउवा भेटेको भेटै शिक्षामन्त्री पौडेल
    images

    संघीय शिक्षा ऐन र विश्वविद्यालयको वर्तमान अवस्थाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच शनिबार (७ साउन) बिहान छलफल भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संघीय शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अड्किएको विषयमा शिक्षामन्त्री पौडेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको शिक्षामन्त्रीका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए ।

    खड्काले मन्त्री पौडेल र प्रधानमन्त्री देउवाबीच विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा पनि छलफल भएको बताए ।

    संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्रीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको खड्काकाे भनाइ छ । छलफलमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री पौडेलसहित सरोकारवालालाई संघीय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफलमा बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गत २० फागुन २०७८ मा पनि शिक्षामन्त्री पौडेलले संघीय शिक्षा ऐन कै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । 

    प्रकाशित मिति :श्रावण ८ २०७९ आइतवार - १२:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij