Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् भन्दै ओलीले यसरी सुनाए आफ्नै पुराण 

दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् भन्दै ओलीले यसरी सुनाए आफ्नै पुराण 


  • 7.2K
    Shares

    दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् भन्दै ओलीले यसरी सुनाए आफ्नै पुराण 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् ।

    काठमाडौंमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    “म पनि अलिअलि अपांगता भएको व्यक्ति हुँ । अर्काको किड्नीको सहारा लिनुपरेको छ,” ओलीले भने, “अपांगता कमबेसी होला । अपांगता होइनौं भन्ने ठूला व्यक्तिहरु मानसिकरुपमा झन् बढी अपांगता भएका व्यक्ति छन् । दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।”

    उनले संसद् विघटन भयो भनेर कराउनेहरु लोकतन्त्र र देशविरोधी मान्छे भएको आरोप पनि लगाए । “अस्तव्यस्त भयो भने देशमा स्थायित्व हुन नदिने ?,” ओलीको भनाइ थियो, “बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउनुपर्छ रे । संसद् भनेको जालझेल हो ? पाँचैवर्ष जागिर खाने हो ? अरुको इशारामा काम गर्ने भएपछि यस्तै हुन्छ ।”

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १५:५७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij