Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

एसईईको नतिजा साउन ११ गते सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी

एसईईको नतिजा साउन ११ गते सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी


  • 3.9K
    Shares

    एसईईको नतिजा साउन ११ गते सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी
    images

    गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन ११ गते हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “रुजुको काम भइरहेको छ । साउन ११ गते नतिजा सार्वजनिक गर्छाैँ ।”

    डाटा इन्ट्रीको काम सम्पन्न भइसकेको छ । यतिबेला रुजुको काम धमाधम भइरहेको छ । रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ । उनीहरु विहानदेखि साँझसम्म रुजुको काममा खटिँदै आएका छन् । 

    सकभर त्रुटिरहीत नतिजा बनाउने प्रयासमा रहेको बताउँदै उनले भने, “अझै तीन दिनसम्म रुजुको काममा व्यस्त रहनेछौँ । त्यसपछि पनि त्रुटि पत्ता लगाउने काम गर्नेछौँ ।”

    २०७८ सालको एसईई गत वैशाख २० गते सकिएको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १३:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij