Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

बाहिरका कुरा बोकेर इजलासमा बकबास नगर्नु भन्दै प्रधानन्यायाधीश राणाले वकिलको झारे झाँको 

बाहिरका कुरा बोकेर इजलासमा बकबास नगर्नु भन्दै प्रधानन्यायाधीश राणाले वकिलको झारे झाँको 


  • 8.9K
    Shares

    बाहिरका कुरा बोकेर इजलासमा बकबास नगर्नु भन्दै प्रधानन्यायाधीश राणाले वकिलको झारे झाँको 

    काठमाडौं । संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा बोलेको विषय प्रवेश भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बाहिरका कुरा लिएर नआउन भनेका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको ठाडो अवहेलना भएको र व्यक्तिको मानमर्यादामा आँच पुगेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अवहेलना मुद्दा चलाउनुपर्ने जिकिर गरेका थिए ।

    संवैधानिक इजलासका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश राणाले बाहिर बजारमा आएका हल्लाको पछि लाग्ने हो भने क कसलाई इजलासमा जम्मा गर्ने भन्दै यस्ता विषय लिएर नआउन त्रिपाठीलाई सचेत गराए ।

    राणाको भनाइ थियो- अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क कसलाई जम्मा गरेर साध्य हुन्छ रु कसले के गरे, कसले के भने भन्नेतिर नजाउँ ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १२:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij