Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क, के पढ्न कति लाग्छ खर्च?

बढ्यो एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क, के पढ्न कति लाग्छ खर्च?


  • 3.5K
    Shares

    • images
    बढ्यो एमबीबीएस सहित चिकित्सा शिक्षाको शुल्क, के पढ्न कति लाग्छ खर्च?
    images

    राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ। आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएर चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको हो। 

    आयोगका उपसचिव मेघराज शर्माका अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा  शुल्क वृद्धि गरेको हो।

    अब स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस पढ्न उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ हजार ९५ हजार ७२० शुल्क तोकिएको छ। 

    त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ। यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क ७ लाख ७७ हजार तोकिएको छ।   

    स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको ७ लाख ५७ हजार ८३० तोकिएको छ। 

    स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको ३ लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।

    हेर्नुहोस् कसको शुल्क कति?

    प्रकाशित मिति :श्रावण २ २०७९ सोमवार - १३:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij