Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे इजलासमा प्रश्न उठाइयो

प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे इजलासमा प्रश्न उठाइयो


  • 7.0K
    Shares

    प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे इजलासमा प्रश्न उठाइयो

    काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा छापिएकोबारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठाएका छन् ।

    आइतबारको सुनुवाइ सुरु हुनेबित्तिकै निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रश्न उठाएका हुन् ।

    पुस ५ गते प्रतिनिधिसभा विघटन भएको र माघ ८ गते राति छापेर माघ ९ गते शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले पेस गरेका थिए ।

    माघ ७ गतेको इजलासमा अधिवक्ताहरू ‌ओमप्रकाश अर्याल, टीकाराम भट्टराईलगायतले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा जारी नभएको भन्दै प्रश्न उठाएका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने उक्त विषयमा इजलास प्रवेश गर्न नसक्ने बताएका थिए । 

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १२:०१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij