Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईईको नतिजा साउनको पहिलो साता प्रकाशित गर्ने यस्तो छ बोर्डको तयारी

एसईईको नतिजा साउनको पहिलो साता प्रकाशित गर्ने यस्तो छ बोर्डको तयारी


  • 4.0K
    Shares

    • images
    एसईईको नतिजा साउनको पहिलो साता प्रकाशित गर्ने यस्तो छ बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ। बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने जनाएको हो। 

    बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाएको थियो। सबै प्रकृया पूरा नभएकाले नतिजा प्रकाशन गर्ने समय सरेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।

    ‘हामीले नतिजा यही असार मसान्तभित्रै प्रकाशित गर्ने भनेका थियौँ,तर समयमा उत्तर पुस्तिका ल्याउन ढिला भयो,अरु विविध कारणले पनि प्रकाशित गर्न सकेनौँ’, उनले भने‚‘अब साउन पहिलो हप्ताभित्र प्रकाशित गर्छौ।’

    एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।
     

    प्रकाशित मिति :आषाढ २८ २०७९ मंगलवार - १६:१६:११ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij