Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रचण्डले लाजमर्दो भनेको भोलिपल्टै पूर्व माओवादी लडाकुले ओली समूहलाई दिए साथ

प्रचण्डले लाजमर्दो भनेको भोलिपल्टै पूर्व माओवादी लडाकुले ओली समूहलाई दिए साथ


  • 10.9K
    Shares

    प्रचण्डले लाजमर्दो भनेको भोलिपल्टै पूर्व माओवादी लडाकुले ओली समूहलाई दिए साथ

    काठमाडौं । तत्कालिन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत वाल सेनाहरुको संगठनहरु केपी ओली नेतृत्वको नेकपामा लाग्ने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व लडाकु प्रतिनिधिमण्डको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको भावनाको सम्मान गर्ने र उचित व्यवस्था गरिदिने बताएपछि उनीहरु ओली समूहमा लाग्न तयार भएका हुन ।

    पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा ९अर्जुन० र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

    भेटमा प्रधानमन्त्री ओलीले घाइते अपांग पूर्व लडाकुको उपचार सरकारले व्यहोर्ने गरि मन्त्रिपरिषदले निर्णय गरिसकेको र पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजना गर्ने बताएका थिए ।

    त्यस्तै शहीद परिवारका एक घर एक रोजगारको लागि पनि तत्कालै प्रक्रिया थाल्ने प्रधानमन्त्रीले आश्वासन दिएको बताइएको छ ।भेटमा सहभागी बिष्ट नेतृत्वका पूर्व लडाकुहरुले पार्टी र सरकारबाट यथोचित न्याय र सम्मानको अपेक्षा गरेको बताएका थिए ।

    राष्ट्रको लागि आफूहरूले विगतमा गरेको योगदानको उचित कदर हुनुपर्ने पूर्व लडाकुको मागलाई प्रधानमन्त्री ओलीले उचित कदम चाल्ने आश्वासन दिएका थिए ।

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - १८:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij