Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

११ बुँदै माग राख्दै राप्रपाकाे विद्यार्थी संगठनले शिक्षामन्त्री पाैडेल‍लाई बुझायाे ज्ञापनपत्र

११ बुँदै माग राख्दै राप्रपाकाे विद्यार्थी संगठनले शिक्षामन्त्री पाैडेल‍लाई बुझायाे ज्ञापनपत्र


  • 3.1K
    Shares

    • images
    ११ बुँदै माग राख्दै राप्रपाकाे विद्यार्थी संगठनले शिक्षामन्त्री पाैडेल‍लाई बुझायाे ज्ञापनपत्र

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको छ।

    शिक्षाको व्यापारीकरण नियन्त्रण गर्न र समुदायस्तरका विद्यालयको स्तरोन्नति गर्न समेत राप्रविसंले सरकारसँग माग गरेको छ।

    शिक्षा विकास, सम्वृद्धि र सकारात्मक परिवर्तनको मूल आधार भएको ठहर गर्दै राप्रविसंका अध्यक्ष धनसुर शाहीको नेतृत्वमा गएको राप्रविसंको प्रतिनिधिमण्डलले शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष शैक्षिक क्षेत्र सुधारका लागि ११ बुँदे माग प्रस्तुत गरेको हाे।

    शिक्षामन्त्रीलाई सोमबार दिइएको ज्ञापनपत्रमा सनातन धर्मविरुद्धका विषयहरूको पठनपाठनमा तत्काल रोक्न माग गरिएको छ।

    ‘विद्यार्थी भर्ना भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक र पाठ्य सामग्री नपाउनु चिन्ताको विषय हो, सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो। सन्दर्भमा शैक्षिक क्षेत्रको समग्र सुधार र विकासका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका हौँ’, राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले भने।

    गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    प्रकाशित मिति :आषाढ २७ २०७९ सोमवार - १५:४७:३२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij