२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन् ।
आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ४७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ३ सय ८६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३८ हजार ८ सय ४२ पुगेको छ । यस्तै, देशभर हाल १ सय ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij