Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?


  • 3.1K
    Shares

    एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?
    images

    वाणिज्य बैंकहरुको निक्षेप एक सातामै ३४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप निक्षेप ३४ अर्ब रुपैयाँले बढेको हो।

    असार ११ गतेदेखि असार १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो।

    यो एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। 

    एनएबीएको तथ्यांकअनुसार असार १७ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८९.४२ प्रतिशत रहेको छ। 

    प्रकाशित मिति :आषाढ २१ २०७९ मंगलवार - १७:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij