Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मृग मार्ने क्रममा बन्दुक पड्किँदा एक बालकको मृत्यु

मृग मार्ने क्रममा बन्दुक पड्किँदा एक बालकको मृत्यु


  • 7.5K
    Shares

    • images
    मृग मार्ने क्रममा बन्दुक पड्किँदा एक बालकको मृत्यु
    images

    पाल्पा । जङ्गलमा मृग मार्ने क्रममा आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको मृत्यु भएको छ ।

    रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ ।

    रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित हिजो राति करीब ९ बजे चारजना वनमा सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    मृतक छहारीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १३:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij