Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन: शिक्षामन्त्री पौडेल

कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन: शिक्षामन्त्री पौडेल


  • 2.9K
    Shares

    • images
    कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन: शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्।

    उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए। मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भनेपनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताए। उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटीहरु सच्याउन आवश्यक रहेको उनले बताए।

    मन्त्री पौडेलले भने, ‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ। ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु। तर, कक्षा ८ सम्म हामीले गरेको प्रस्ताव आएन। अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ। नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन। बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो। यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दापनि यसप्रकारका त्रुटीहरु समग्र सच्याउनु पर्छ भन्नेकुरा जायज छ।’

    मन्त्री पौडेलले शिक्षासम्बन्धि हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताए। उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताए।

    ‘पेपरलेस हुनुपर्छ भन्ने कुरा उठाउनुभएको छ। यो ठिक हो। आर्थिक वर्षदेखि देशभरका विद्यालयहरुमा भौतिक पूर्वाधारको कुरा, विद्यार्थी संख्या, मर्जको कुरा, २ हजार भन्दा बढी विद्यार्थी भएको स्थानमा बस दिने कुरा छ। सम्पूर्ण पुस्तकहरु पनि डिजिटल विधिद्वारा पुर्‍याउने र पेपरलेस टोटल बनाउनको निम्ति डिजिटल बोर्ड र कम्प्युटरको प्रचुरता सबै ठाउँमा हुनुपर्छ। सबै विद्यालयमा प्रविधि पुर्‍याउनसक्ने बित्तिकै पेपरलेस प्रविधिलाई अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा छ।’

    प्रकाशित मिति :आषाढ १२ २०७९ आइतवार - १५:५१:१५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij