Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रचण्डले छोरी ज्वाईलाई घरघडेरी दाईजो दिएको प्रधानमन्त्री ओलीले खोल्दिए डरलाग्दो पोल 

प्रचण्डले छोरी ज्वाईलाई घरघडेरी दाईजो दिएको प्रधानमन्त्री ओलीले खोल्दिए डरलाग्दो पोल 


  • 9.2K
    Shares

    प्रचण्डले छोरी ज्वाईलाई घरघडेरी दाईजो दिएको प्रधानमन्त्री ओलीले खोल्दिए डरलाग्दो पोल 

    काठमाण्डौ । नेकपामा लफडा शुरु भए पछि एकले अर्कालाई सिध्याउने तरिकाले नेताहरु प्रस्तुत हुने क्रम झन् बढ्दो छ ।  त्यहि क्रममा आज केपी ओली प्रचण्ड माथि आक्रामक तवरले खनिएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हिनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।

    प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई विहीवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।

    ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

    ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे ।

    प्रधानमन्त्रीले भने– उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १५:४६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij