Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु, ओमप्रकाश अर्याल विघटनविरुद्ध बहस गर्दै

संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु, ओमप्रकाश अर्याल विघटनविरुद्ध बहस गर्दै


  • 7.9K
    Shares

    संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु, ओमप्रकाश अर्याल विघटनविरुद्ध बहस गर्दै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

    गएको आइतबारदेखि रिटको पक्षमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले बहस गरिरहेका छन् । आजको सुनुवाइको सुरुमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन् ।

    एकजना अधिवक्ताका लागि बढीमा ३० मिनेटको समय छुट्याइएको छ । रिट निवेदकका तर्फबाट साढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन्। यति धेरै जनाले लामो-लामो बहस गर्दा धेरै समय लाग्ने भन्दै इजलासले समय तोकेको हो।

    गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् । तिनै रिटमाथि अहिले सुनुवाइ भइरहेको हो ।

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १२:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij