नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ ।
हाललाई काठमाण्डौ उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणबद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ । वार्षिक प्याकेज लिने ग्राहकले ४ हजार रुपैयाँमा ३० एमबीपीएस र ५ हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।
त्यस्तै ३० एमबीपीएसको ३ महिने प्याकेज ११०० रुपैयाँमा र ६ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ। त्यस्तै ५० एमबीपीएसको ३ महिने प्याकेजका लागि १५०० रुपैयाँ र ६ महिने प्याकेजका लागि ३ हजार रुपैयाँमात्र पर्नेछ ।
३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याटबाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याटबाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले १ महिना, ३ महिना, ६ महिना वा १ वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १५०० रुपैयाँमात्र तिर्नुपर्नेछ। जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन।