Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एक तमासले इजलासमा बहस चलिरहदा जब न्यायाधिशको पारो ह्वात्तै तातियो 

एक तमासले इजलासमा बहस चलिरहदा जब न्यायाधिशको पारो ह्वात्तै तातियो 


  • 9.0K
    Shares

    एक तमासले इजलासमा बहस चलिरहदा जब न्यायाधिशको पारो ह्वात्तै तातियो 

    काठमाडौँ । लम्बेतान बहस गर्नमा वकिलहरुले ज्यादा रुची देखाए पछि समयसीमा लगाएको सर्बोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइका लागि ३० मिनेटको समय निर्धारण गरे पछि भएको बहसमा चर्काचर्की भएको छ ।  न्यायाधीश अनिलकुमार सिन्हा बहसमा रहेका अधिवक्तासँग झोक्किएका छन् ।

    रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्स्थापना हुँदैन भन्दै हिँडेको र अदालतलाई प्रभावित पार्न खोजेको विषयमा प्रश्न उठाउँदा न्यायाधीश सिन्हा झोक्किएका हुन् ।

    "सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्स्थापना हुँदैन भन्दै हिँड्नुभएको छ । अदालतलाई प्रभाव पार्ने गरी, दबाब दिने गरी बोलिरहनुभएको छ," न्यौपानेले यति भनेपछि न्यायाधीश सिन्हा झोक्किए ।

    "उहाँले के बोल्नुभयो भन्ने कुरा होइन, तपाईं आफ्नो कुरा राख्नुस् । उहाँले के बोल्नुभयो भन्ने कुरामा हामी प्रभावित हुँदैनौं । तपाईंको निवेदनका विषयमा बोल्नुस्, हामी त्यसलाई एड्रेस गर्छौं‌," सिन्हाले झोक्किँदै भने ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १६:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij