Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भोली आईपुग्ने कोरोना खोप शुरुमा कसले लगाउन पाउँछ, स्वास्थ मन्त्रालयले छान्यो यस्ता मान्छे

भोली आईपुग्ने कोरोना खोप शुरुमा कसले लगाउन पाउँछ, स्वास्थ मन्त्रालयले छान्यो यस्ता मान्छे


  • 12.0K
    Shares

    भोली आईपुग्ने कोरोना खोप शुरुमा कसले लगाउन पाउँछ, स्वास्थ मन्त्रालयले छान्यो यस्ता मान्छे
    images

    काठमाडौं । फागुनमा नेपाल आईपुग्ने भनिएको कोरोनाको खोप भोली बिहिबार नेपाल आईपुग्दै छ । विश्वका अरु देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको एक डेढ महिनापछि बिहीबारबाट नेपालमा पनि खोप आउँने भएको टुंगो लागेको हो ।

    भारतले १० अनुदानमा दिन लागेको १० लाख डोज खोप  बोली नेपाल आउने भएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजुदत विनयमोहन क्वात्राले नेपालमा खोप ल्याउन लागेको घोषणा गरेका हुन् ।

    बिहीबारबाट आउँने खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलाई लगाउने जानकारी स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा।डा। जागेश्वर गौतमले दिए ।

    ‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापन गर्ने टिमलाई कोरोनाविरुद्धको खोप लगाउँछौं’ गौतमले  भने, ‘बुधबार घोषणा गरिएको १० लाख डोज दुई चार दिनभित्र आइपुग्छ । पुगेसम्म फ्रन्टलाइनमा काम गर्नेहरुलाई यो खोप लगाउँछौं । नपुगे किनेर लगाउने भन्ने छ ।’अब कोरोनाको त्रास बाट बिस्तारै मुक्त हुने उनको भनाई छ ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १६:१९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij