Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

तीस बर्ष कान्छीलाई झँयाई झँयाई पार्न लागेका मुख्यमन्त्री राईलाई यसरी भयो हाईसन्चो 

तीस बर्ष कान्छीलाई झँयाई झँयाई पार्न लागेका मुख्यमन्त्री राईलाई यसरी भयो हाईसन्चो 


  • 12.7K
    Shares

    तीस बर्ष कान्छीलाई झँयाई झँयाई पार्न लागेका मुख्यमन्त्री राईलाई यसरी भयो हाईसन्चो 

    प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । 

    सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर स्थगित गरेका हुन् । बैठक १ मिनेट १९ सेकन्ड बसेर सकिएको प्रदेश सचिवालयले जनाएको छ । बैठकमा सबै पार्टीका सांसद्हरुको उपस्थित भए पनि प्रदेशसभामा कुनै कारबाही अगाडि बढ्न पाएन ।

    माघ ११ गते बिहे गर्न लागेका राई बल्ल तनाबमुक्त भएका हुन् । बुधबारको बैठकमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको थियो । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाउँदै आएको थियो ।

    दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए ।

    दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् ।

    प्रदेशसभा दुवै समूहले एक अर्कालाई निषेध गर्ने रणनीतिमा लागेकाले बैठक स्थगित गरिएको बताइएको छ । अर्कातिर मुख्यमन्त्री शेरधन राई आफ्नो बिबाहमा ब्यस्त हुने भएकाले पनि त्यसको असर सभामा परेको हो। राई माघ ११ गते बिवाह बन्धनमा बाधिने भएका  छन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिबाह गर्न लागेको बताइएको छ । यो जोडी लामो समय देखी प्रेममा रहेको बताइएको छ । 

    संखुवासभाकी जाङ्मु हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो । मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा समेत काम गरेकी छन् ।

    राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो । उमेरमा राइ र ज्याङ्मुको ३० बर्सको  अन्तर रहेको छ । राई उमेरले ४९ वर्षका भए । २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन् ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १५:५८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij