Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

तीन मिनेट मात्रै बसेकाे प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

तीन मिनेट मात्रै बसेकाे प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित


  • 6.5K
    Shares

    तीन मिनेट मात्रै बसेकाे प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक तीन मिनेट मात्रै बसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।

    बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गर्नुभएको हो । प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए ।

    कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रदेश सभा परिसरमा मर्यादापालकको संख्या समेत बढाइएको थियो । यस्तै सांसदहरु बस्ने कुर्सीसमेत वेल्डिङ गरिएको थियो ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १४:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij