Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

महाअभियोग लाग्ला भन्ने डरले न्यायाधीशहरू थर्कमान भएको इजलासमै उठ्यो कुरा, छोरी कुटेर बुहारी तर्साइयो 

महाअभियोग लाग्ला भन्ने डरले न्यायाधीशहरू थर्कमान भएको इजलासमै उठ्यो कुरा, छोरी कुटेर बुहारी तर्साइयो 


  • 97.8K
    Shares

    महाअभियोग लाग्ला भन्ने डरले न्यायाधीशहरू थर्कमान भएको इजलासमै उठ्यो कुरा, छोरी कुटेर बुहारी तर्साइयो 

    काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ । 

    बहसका क्रममा कानुन व्यवसायीले तीन घण्टासम्म समय लिन थालेपछि प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि समय निर्धारण गरिदिएका छन् । संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएपछि प्रधानन्यायाधीश राणाले समय तोकिएको जानकारी दिए । उनले वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटमा अफ्नो बहस सक्न भने । 

    बहस गर्ने वकिल थुप्रै भए पनि दैनिक तीनरचार जनाले नै बहसको समय सिध्याउन थालेपछि प्रधानन्यायाधीशले समय तोकिदिएका हुन् । 

    निवेदकतर्फबाट वकालत गर्न नाम टिपाउन आएकाहरूलाई समेत प्रधानन्यायाधीश राणाले रोकेका छन् । उनले भने, "नाम नथप्नोस् ।" 

    न्यायाधीश अनिलकुमार सिन्हाका अनुसार निवेदकतर्फबाट वकालतका लागि ३ सय ५० जनाले नाम टिपाएका छन् । अहिले निवेदकतर्फका कानुन व्यवसायीहरू बहसमा छन् ।

    अधिवक्ता अनिता मानन्धरले रातारात संविधान बनाउनेलाई नै संविधानको कुन धारामा के छ भन्ने कुरा थाहा नभएको टिप्पणी गरिन् । न्यायाधीश सपना प्रधान मल्ले उनलाई भनिन्, "धारा ७६ को उपधारा ७ मा विघटन छ । त्यसमा फोकस गर्नुहोस् । यसरी बहस गर्नुभयो भने त फैसला कहिले गर्ने ?"

    त्यसपछि मानन्धरले संविधानको धारा ७६ पढेर सुनाउन थालिन् । लगत्तै प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले भने, "त्यो धारा नपढ्नोस्, हामीले धेरैपटक सुनिसक्यौँ ।"

    बहसका क्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी ओलीले "छोरी कुटेर बुहारी तर्साउने" काम गरेको बताए । उनले संसद् विघटन गरेर ओलीले नागरिकको सार्वभौमसत्तामाथि प्रहार गरेको बताए ।  नागरिकको सार्वभौमसत्ताका अगाडि केपी ओली कोही नभएको उनले बताए । भण्डारीले भने, "मेरो सार्वभौमसत्ताका अगाडि ओलिको आधिकार केही होइन ।"

    उनले न्यायाधीशहरूमाथि गम्भीर आरोपसमेत लगाएका छन् । महाअभियोगको डरले न्यायाधीशहरू राजनीतिक नेताको दासजस्तै बनेको उनको आरोप छ । "न्याायधीशहरू महाअभियोग लाग्ला कि भनेर डराउँदै नेताको कुरा मानिरहेका छन्", उनले भने ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १४:१३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij