२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव सम्पन्न भएको छ। बैंकले भर्चुअल माध्यमबाट आइतवार वार्षिकोत्सव सम्पन्न गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउन्टरको उद्धघाटन गरिएको थियो । उनले बैंकको वार्षिकोत्सव विशेषाङ्क २०७७ विमोचन समेत गरे ।
अर्थमन्त्रीले बैकिङ्ग प्रणालीमा नेपाल बैंकले आफुलाई अग्र स्थानमा उभ्याउन सफल हुनेछ भन्ने विश्वास व्यक्त गरे। विशिष्ठ नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसायको विकास र रोजगारी सृजनामा ठूलो योगदान पुर्याएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij