Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

अनाबश्यक बहस गरेर हैरानी बनाएपछि प्रधानन्यायाधिशले वकिललाई यसरी लगाए समयको छेकबार 

अनाबश्यक बहस गरेर हैरानी बनाएपछि प्रधानन्यायाधिशले वकिललाई यसरी लगाए समयको छेकबार 


  • 6.5K
    Shares

    अनाबश्यक बहस गरेर हैरानी बनाएपछि प्रधानन्यायाधिशले वकिललाई यसरी लगाए समयको छेकबार 

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ चलिरहँदा संवैधानिक इजलासमा एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि आजदेखि समय निर्धारण भएको छ ।

    संवैधानिक इजलासमा सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बहस गर्दा ३० मिनेट समयभित्र टुंग्याउन निर्देशन दिएका छन् । यही निर्देशन अब आदेशका रुपमा रहनेछ ।

    मंगलबारदेखि नै बहस गरिरहेका चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भनिएको थियो । अब संवैधानिक इजलासमा बहस गर्ने पक्ष विपक्षका वकिलले आधा घण्टामा सक्नुपर्ने भएको छ । बहसका लागि १८८ वकिलले बहस गर्न नाम लेखाएका छन्। 

    बहसमा भाग लिन सयौं वकिलले नाम लेखाएका छन् । यदि समय निर्धारण नगर्ने हो भने महिनौसम्म सुनुवाइ लम्बिने देखिएकाले समय निर्धारण गरिएको हो । मुद्दालाई चाँडो टुंगो लगाउन सातामा दुई दिनमात्र बस्ने संवैधानिक इजलास दिनहुँ बसिरहेको छ ।

    हिजो बहस गर्ने क्रममा अधिवक्ता शेरबहादुर ढुंगानाले ठूलो स्वरमा आफ्नो बयान गर्दै इतिहास सुनाउन थालेको भन्दै प्रधानन्यायाधीश राणा जंगिएका थिए । ढुंगानालाई रोक्दै राणाले भने, तपाईं आफ्नो इतिहास नबताउनोस् । बिस्तारै बोल्नोस्, तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् भन्नु परेको थियो।  अनाबश्यक कुरामा समेत वकिलहरुले चासो राख्न थाले पछि मर्यादा सिकाउन र समय ब्यबस्थापन गर्न समय तोकिएको हो। 

    प्रधान न्यायाधीश अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १३:०७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij