Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

छिट्टै वैवाहिक बन्धनमा बाँधिदै नीता र हरिहर

छिट्टै वैवाहिक बन्धनमा बाँधिदै नीता र हरिहर


  • 3.6K
    Shares

    छिट्टै वैवाहिक बन्धनमा बाँधिदै नीता र हरिहर
    images

    अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीले ३ वर्षको प्रेमलाई विवाहमा परिणत गर्ने भएका छन्। ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरु प्रेममा रहेको कुरालाई भने अस्वीकार गर्दै आएको छ। सार्वजनिक रुपमा प्रेम स्वीकार नगरेपनि यो जोडीको डेट, मित्रता र कामले भने मिडियामा सधैं स्थान पायो। 

    यो जोडीले प्रेमको सुरुवाती अवस्थाबाटै विभिन्न प्रोजेक्टमा सँगै काम गर्दै आएको छ। अहिले पनि नीता र हरिहर एक चलचित्र निर्माणको तयारीमा छन्। 

    फिल्मको तयारीमा रहेको यो जोडीले अब पहिला विवाह त्यसपछि फिल्मको काम गर्ने भएको छ। नीता र हरिहर आगामी असार २४ गते वैवाहिक बन्धनमा बाँधिदैछन्। 

    याक एन्ड यती होटलबाट आफ्नो विवाह गर्ने तयारी गरेका नीता र हरिहरले असार २६ गते विवाहको पार्टी दिने तयारी गरेका छन्। यो जोडीको विवाहमा भारतीय कलाकार प्रदिप रावतले पनि सहभागीता जनाउने बताइएको छ। प्रदीप नीता र हरिहरको विवाहमा सरिक भए लगत्तै उनीहरुकै चलचित्र ‘ह्रस्व दीर्घ’ मा जोडिने छन्।

    विवाह लगत्तै यो जोडी फिल्म छायांकनमा निस्कने तयारीमा छ। यो फिल्ममा नीता र हरिहरका साथमा भारतीय फिल्मका कलाकार प्रदीप रावत, सुनिल वर्मा लगायतले अभिनय गर्ने छन्। चलचित्र चन्द्र पन्तले निर्देशन गर्ने भएका छन्।

    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - १३:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij