Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी


  • 12.2K
    Shares

    कोरोना संक्रमितको उपचार  निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
    images

    काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमतिको निस्शुल्क परीक्षण र उपचार नगर्ने अस्पताललाई सचेत गराएको छ । निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुको परीक्षण र उपचार निःशुल्क गर्ने भनी परिपत्र तथा सार्वजनिक सूचना समेत जारी गरिएको भए पनि केही अस्पतालहरुले यसअनुसार नगरेको जनगुनासो आएको बताएका छन् ।

    उनले सरकारको निर्णयअनुसार संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सबै कोरोना अस्पतालहरुलाई निर्देशन दिएका छन् ।त्यस्तै निःशुल्क उपचार गर्ने अस्पताललाई नियमाअनुसार शोधभर्ना रकम उपलब्ध गराउने उनले बताए । 

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १३:२४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij