२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ४ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी १५ रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij