Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रचण्डका अनुसार ओलीको राजतन्त्र फर्काउने सुत्र यस्तो छ, एैँजेरु भन्दै माधवले लगाए धारेहात 

प्रचण्डका अनुसार ओलीको राजतन्त्र फर्काउने सुत्र यस्तो छ, एैँजेरु भन्दै माधवले लगाए धारेहात 


  • 8.7K
    Shares

    प्रचण्डका अनुसार ओलीको राजतन्त्र फर्काउने सुत्र यस्तो छ, एैँजेरु भन्दै माधवले लगाए धारेहात 

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

    प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने । अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीको सर्वोच्च स्थानमा बसेकाबाट नै उपलब्धि मास्ने काम भएको टिप्पणी गरेका छन् ।

    ‘केपी ओली ऐजरु हो। तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ । केपी ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् ‘, आफूपक्षीय पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘यही सरकारबाट प्रेसको घाँटी निमोठ्ने काम गरियो । केपी ओलिका सबै गलत फेहरिस्त ल्याउनुहोस् । उनी जहिले पनि असहयोगी नेता हो । मेरो हुर्मत लिने काम गर्नु भएको छ ।’

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १६:३८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij