२०८२ भाद्र १० गते मंगलवार
सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij