Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकगायिका कल्पना दाहालले सुटुक्क गरिन् ‘कोर्टम्यारिज’

लोकगायिका कल्पना दाहालले सुटुक्क गरिन् ‘कोर्टम्यारिज’


  • 5.4K
    Shares

    लोकगायिका कल्पना दाहालले सुटुक्क गरिन् ‘कोर्टम्यारिज’
    images

    चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् ।

    मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो । 

    उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए । तपाईको बिहे भएछ नी भन्ने प्रश्नमा गायिका दाहालले भने आफ्नो बिहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ बिहे हुनु र ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।’

    गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ ।

    प्रकाशित मिति :जेठ १८ २०७९ बुधवार - १७:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij