Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु


  • 12.8K
    Shares

    धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट प्रदेश १ को विराटनगर र धरानमा एक एक जनाको मृत्यु भएको छ। 

    विराटनगरस्थित नोबेल मेडिकल कलेजउपचाररत एक र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

    इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको नोबेल मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका वृद्धलाई मंसिर  १ गते मा अस्पताल भर्ना गरिएको थियो । 

    त्यस्तै, धरान उपमहानगरपालिका– ११ की २९ वर्षीया महिलाको प्रतिष्ठानमा मृत्यु भएको हो। महिलामा कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृगौला सम्बन्धि समस्या रहेको महिला कात्तिक ३० गते अस्पताल भर्ना भएकी थिइन् । उनको बुधबार  दिउँसो मृत्यु भएको हो ।

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १३:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij