Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने युवक पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने युवक पक्राउ


  • 7.6K
    Shares

    निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने युवक पक्राउ

    काठमाडौँ । भक्तपुर प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् । 

    भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।  

    सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी  निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घटनाको छानबिन गर्न निर्देशन गर्न पत्राचार गरेको थियो ।

    प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १३:०३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij