२०८२ भाद्र २४ गते मंगलवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी-४ : द फाइनल म्याच’ले घरेलु बक्स अफिसमा नयाँ रेकर्ड बताएको छ । मल्टिप्लेक्समा सर्वाधिक शो पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको फिल्मले दुई दिनमा कीर्तिमानी कमाई गरेको हो ।
शुक्रवार र शनिवार जताततै हाउस फुलको व्यापार गरेको फिल्मले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक मनोज राठीले जानकारी दिए । यो कीर्तिमानी कमाई हो ।
आजसम्म कुनै नेपाली फिल्मले यो अङ्क जोडेको रेकर्ड छैन । शुक्रवार र शनिवार देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरमा फिल्म हाउस फुल थियो ।
फिल्मले प्रदर्शनको पहिलो हप्तामा १० करोडको आँकडा पार गर्ने वितरक राठीको आँकलन छ । माउथ पब्लिसिटी बलियो भएकाले आइतबार पनि देशभर फिल्म हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको उनले बताए ।
ब्रान्ड फिल्मको सिरिज, बलियो स्टारकास्ट, गतिलो प्रचार, ट्रेलर र गीतले बढाएको हाइपले गर्दा फिल्मले इनिसियल व्यापारमा रेकर्ड बनाएको उनको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij