Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

राष्ट्र बैंकले जारी गर्ने १० अर्बको विकास ऋणपत्रको बोलकबोल भोली

राष्ट्र बैंकले जारी गर्ने १० अर्बको विकास ऋणपत्रको बोलकबोल भोली


  • 3.4K
    Shares

    राष्ट्र बैंकले जारी गर्ने १० अर्बको विकास ऋणपत्रको बोलकबोल भोली
    images

    नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘च’ जारी गर्ने भएको छ ।

    केन्द्रीय बैंकले जेठ १३ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र भोलि जेठ १२ गते बोलकबोलमार्फत बिक्री गरिनेछ ।

    यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

    यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८१ जेठ १३ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

     

    प्रकाशित मिति :जेठ ११ २०७९ बुधवार - १५:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij