२०८२ भाद्र १० गते मंगलवार
बुधबार सुन-चाँदीको मूल्य बढेको छ। केही दिन यता स्थिर रहेको सुन-चाँदीको मूल्य आज बढेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो साताको पहिलो दिन अर्थात् आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij